Latest From our Blog

स्टाइलो (Stylo) Stylosanthes sp. घाँस बारे जानकारी!

परिचय : स्टाइलो नेपालको तराईदेखि मध्य–पहाडी क्षेत्रका रूखो, पाखो, खरबारी, बगर तथा वृक्षरोपण क्षेत्रमा लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । यसले केही छायाँदार ठाउँमा पनि उत्पादन दिन सक्ने भएकाले वृक्षरोपण गरिएका स्थानहरूमा पनि सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कोसे घाँसबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने र जमिन माथि झाङ्गिएर भुइँ पनि राम्ररी ढाक्ने भएकोले भू–क्षय रोक्न र पहिरो गएको स्थानमा पनि यसको प्रयोग हुने गरेको छ । हावापानी : स्टाइलोलाई उष्ण तथा समशितोष्ण जलवायु चाहिन्छ । यसलाई...

Read More