Latest From our Blog
पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ रोग के हो? कसरी बचाउन सकिन्छ??
लम्पि स्किन डीजिज एक प्रकारको बिषाणु काप्री पक्स भाइरसको कारणले लाग्ने संक्रामक रोग हो। यो रोगमा ज्वरो आउने छालामा गाठागुठी देखा प्रने दुब्लाउदै जाने जस्ता लक्षण देखिइ मृत्यू समेत हुने गर्दछ ।यो रोगले मुख्य गरी छाला बाहीरी अङ्ग र पाचन प्रणालिका अङ्गहरुमा असर गर्दछ। उत्पतीः पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ मा यो रोग देखा परेको थियो।य यो रोगले त्यस ताका ८० लाख पशुहरुमा संक्रमण गरेको थियो । १९८८ सम्म अफ्रिकि साहारा क्षेत्र आसपास मात्र रहेको विश्वास गरीएपनी पछी इजिप्टमा रोग देखा परेपछी यसको फैलाबट पुष्टी भएको हो।अफ्रीका हुदै यो रोग मध्यपुर्वी...
Read Moreबंगुरमा फैलिएको नयाँ रोग PRRS के हो? कसरी सर्छ र किसानले कसरी सुरक्षा अपनाउने त?
PRRS बंगुरमा एउटा भाइरसको कारणले लाग्ने रोग हो जसले मुलत प्रजनन प्रणाली र श्वासप्रश्वास प्रणालीमा असर गर्दछ। यो रोग सबै उमेर समूहको बंगुरमा देखिन्छ। मुख्यतः माउ बंगुरमा र कहिलेकाहीं वीरमा समेत प्रजनन क्षमता ह्रास गराउँछ। त्यस्तैगरी, सानो उमेरको बंगुरमा श्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्छ। कहिलेकाहीँ यी दुवै समस्या एकसाथ देखा पर्छन्। एउटा सङ्क्रमित बंगुरमा यो रोग ६० दिनभन्दा बढी समयसम्म सक्रिय अवस्थामा रहन सक्छ। रोगी बंगुरको सिँगान, पिसाब, वीर्य, दूध र दिसामा यो भाइरस हुन्छ जसबाट यो रोग एउटा बाट अर्को बंगुरमा सजिलै सर्न सक्छ। वयस्क बंगुरमा मृत्युदर २०%...
Read Moreशुन्य खनजोत लसुन खेति प्रबिधिको बारेमा बुझौ!
नेपाली समुदायमा खेति भन्दै गर्दा पहिला आउँछ “खनजोत” । खनजोत भन्नाले बाझो रहेको जमिनलाई खेतियोग्य बनाउन गरिने बिभिन्न क्रियाकलाप भन्ने बुझिन्छ। कृषि आधुनिकिकरण सङ्ग सङ्गै प्रयोग गरिने यन्त्र उपकरण, रासायनिक मल विषादीको अधिकतम प्रयोगले जमिनको मरुभुमिकरण , माटोको संरचना बिगार्ने तथा समग्र उत्पादन र उत्पादकत्वमा ह्रास भएको पाईन्छ । बदलिदो जलवायु साथै दक्ष जनशक्तिको वैदेशिक पलायनले कृषि क्षेत्रमा नराम्रो असर परेको बेला माटो रहित खेति प्रणाली, खनजोत रहित खेति प्रणाली प्रयोगमा आउन थालेका छन। कम लागत, कम मेहनतमा पर्यावरणमा असर नपारी, माटोको संरचना...
Read Moreअण्डा कति खाने ? कसरी खाने??
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु...
Read Moreव्यवसायको गुणस्तर बढाउन यी ५ तरिकाहरू अपनाउनुहोस!
चाहे बस्तु वा सेवाको व्यवसाय नै किन नहोस् , सबै व्यवसायीलाई आफूले प्रदान गर्ने सेवा गुणस्तरीय होस् भन्ने लाग्छ । आफ्नो व्यवसायमा कसरी क्वालिटी बढाउने यी निम्न तरिकाले तपाईँलाई सही बाटो देखाउन मद्दत गर्दछ। १. प्रतिबद्ध हुनुहोस :आफ्नो व्यवसाय प्रति प्रतिबद्ध हुनुहोस । क्वालिटी पाउनको लागि व्यवसायको मालिकले मात्र प्रतिबद्ध भएर हुँदैन, यसको लागि सबै कर्मचारीहरू पनि प्रतिबद्ध हुन जरुरी हुन्छ । आफ्नो व्यवसायमा संलग्न सबैलाई प्रतिबद्ध बनाउन खोज्नुहोस जसले गर्दा गुणस्तरमा कुनै सम्झौता गर्नु नपरोस । यसको लागि निश्चित लक्ष्य बनाएर त्यो पुरा गर्न तत्पर रहनुहोस । २...
Read More