बुटवल, भदौ ।

नेपाल सरकार संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो । जस अनुसार लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मन्त्रालयमा पहिलो पटक महिला सचिव आउने हुनुभएको छ ।

मन्त्रीपरिषदको निर्णयबाट हाल राष्ट्रिय फलफुल विकास केन्द्र किर्तीपुर काठमाण्डौमा कार्यरत रहनुभएका डा। शान्ता कार्की लुम्बिनी प्रदेशमा आउन लाग्नुभएको हो । हाल प्रदेशको कृषि मन्त्रालयमा रहेका डा। रेवतीरमण शर्माको सरुवा गरिएको छ । उहालाई कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्र्तगत सरुवा गरिएको हो ।