तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेका छन । मंगलबार हावाहुरीसंगै आएको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा डेढ विघाह क्षेफलमा लगएको टमाटर खेतिमा क्षेति पु¥याएपछि नगर प्रमुख पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेर क्षेतिको जानकारी लिएका छन ।                                                               

किसानहरुलाई नआत्तिन सुझाउँदै नगर प्रमुख पाण्डेले कृषि प्राविधिकलाई क्षेतिको एकिन मुल्याङ्कन गर्न लगाएर आवश्यक राहतका लागि प्रकृया अघि बढाउने बताएका छन। तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विक पनि नगर प्रमुख पाण्डेसंगै पिडित किसानकोमा पुगेका थिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र तुलसीपुर उपमहानगर पालिकाको सहयोगमा गएको चैत्र महिनादेखि तरकारी ब्लकको रुपमा त्यहाँका २५ घरधुरी किसानले व्यवसायीक तरकारी खेति गर्दै आइरहेका छन् ।

जसमध्य १४ जना किसानले लगाएको टमाटर खेतिमा हावाहुरीले पूर्णरुपमा क्षेति पुर्याएको छ । हावाहुरीले ४० लाख बढीको क्षेति पुर्याएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिएका छन । हावाहुरीले लटरम्म फलेका टमाटरका बिरुवा ढालेको छ भने टमाटरलाई छोपेका टनेल उडाएर क्षेति पुर्याएको छ ।