काठमाडौँ, २२ भदौ । प्रधनमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनले १५ करोड ३२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार कृषि ज्ञान केन्द्रमा एक कार्यक्रमको आयोजना गरि चितवनमा परियोजनाले १५ करोड ३२ लाख बराबरको योजना सार्वजनिक गरेको हो ।

जसमध्ये कार्यालयले संघिय जोन सञ्चालन तर्फ ८ करोड २० लाख, प्रदेश सरकारको ब्लक विकास कार्यक्रम कार्यक्रम अन्तर्गत ३ करोड ७१ लाख र स्थानीय तह तर्फको पकेट विकास कार्यक्रम अन्तरगतको ३ करोड ४१ लाख रुपैयाँ बजेट ल्याएको परियोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । उनका अनुसार सिँचाइँ पुर्वाधार निर्माण, संस्थागत भण्डारण गृह तथा प्रसोधन केन्द्र निर्माण, यन्त्रिकरण, तरकारीको बजार प्रवद्र्धन लगायतका कार्यक्रम रहेका छन् । 

परियोजना कार्यान्वयन एकाई चितवनले तरकारी जोनका लागि ९३ लाख बजेट छुट्याएको छ । भरतपुर महानगरपालिका ४ देखि ९ र ११ देखि २८ नम्बर वडासम्म सात सय ६९ हेक्टर क्षेत्रफलमा तरकारी जोन कार्यक्रम सञ्चालित छ । 

यस्तै तरकारी बजार प्रवर्द्धन सहयोगका लागि ४५ लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए । सहभागितात्मक कृषि प्रविधि सिकाई तथा प्रदर्शनी केन्द्रको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जोन र सुपरजोन क्षेत्रमा कृषि आधुनिकीकरण यान्त्रिकीकरण सहयोगमा १५ लाख रुपैयाँ छुट्याइएको छ । 

यसैबीच चितवनको भरतपुर, कालिका, खैरहनी र रत्ननगर पालिकाको केरा जोन कार्यक्रमका लागि ९९ लाख २० हजार रुपैयाँ बजेट ल्याइएको छ । केरा पकाउने प्रविधि ९राइपेनिङ च्याम्बर० निर्माण सहयोगका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यस्तै धान जोन कार्यक्रम चितवनको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकाको आठ हजार पाँच सय ४० हेक्टरमा लागु छ । यो कार्यक्रमका लागि एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

परियोजनाले मौरी जोन कार्यक्रमका लागि ४५ लाख बजेट बराबरको कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी सिक र कमाऊ शीर्षक अन्तर्गत प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

यो कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको छ । परियोजनाले माटो सुधार तथा व्यवस्थापन कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट छु्ट्याएको छ ।