यस वर्ष समयमै पानी परेका कारण किसानहरुले छिटै धान रोपि सकेका छन् । देशभर हालसम्म ७६.४४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार ३१ गतेसम्मको विवरण हेर्दा देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलमध्ये १० लाख ४८ हजार ५०७ हेक्टर (७६ प्रतिशत) भू–भागमा धान रोपाइँ भएको हो ।

तर अघिल्लो वर्षको तुलनामा ढिला गरी रोपाईं भएको छ । गएको वर्ष यही समयमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने गरेको छ । अहिलेसम्ममा कुन प्रदेशमा कति रोपाई भयो त ? सातै प्रदेशको यस्तो छ, विवरण ।


प्रदेश १ मा ६४ प्रतिशत रोपाइँ

प्रदेश १ मा ६४.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । २ लाख ७५ हजार ९ सय १ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएकोमा हालसम्म १७७९०५.१८ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको विभागले जनाएको छ ।

गत वर्ष हालसम्म ६९.९१ प्रतिशत धान रोपाइँको भएको थियो । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा यसपालि बर्खे धान रोपाइँ हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा असारभरि र तराईमा भदौ पहिलो सातासम्म धान रोपाइँ हुने गरेको छ ।

प्रदेश २ मा ६८ प्रतिशत रोपाइँ

प्रदेश २ मा ६८.५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । ३६५६१५ हेक्टर क्षेत्रफल मध्ये २५०५८२.०० हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । गत वर्ष हालसम्म ८३.४८ प्रतिशत धान रोपाइँको भएको थियो । गएको वर्ष भन्दा यस वर्ष धान रोपाई ढिला भएको छ ।

बाग्मती प्रदेशमा ७८ प्रतिशत धान रोपाइँ

बाग्मती प्रदेशमा ७८.३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । ११५२९५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएकोमा हालसम्म ९०३३०.७३ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ । समयमा पानी परेका कारण पहिलेको भन्दा यसपालि धेरै रोपाई भएको छ । गएको वर्ष ७२.१० प्रतिशत मात्र धान रोपाईं भएको थियो । किसानहरूले यस वर्ष सामाजिक दुरी कायम गरी धान रोपी रहेका छन् ।

गण्डकी प्रदेश ७२ प्रतिशत धान रोपाइँ

गण्डकी प्रदेशमा ७२. ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । १०८२७८ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ७८३९०.१२ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ । गण्डकी प्रदेशमा भने यस वर्ष कम क्षेत्रफलमा धान रोपाई भएको छ । गएको वर्ष यस समयसम्ममा ८३.६९ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो ।

लुम्बिनी प्रदेशमा ८६ प्रतिशत रोपाइँ

लुम्बिनी प्रदेशमा हालसम्म ८६.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । धान खेती हुने कुल क्षेत्रफलको ८६.९४ प्रतिशत खेतमा रोपाइँ भएको हो ।

लुम्बिनी प्रदेशमा ३०३५९३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म २६३९४०.९८ हेक्टरमा रोपाइँ भइसकेको छ । गत वर्षको तुलनामा यस वर्ष पनि उस्तै रोपाइँ भएको हो । गएको वर्ष यस समयमा ६८.९० प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो । धान खेती हुने अधिकांश खेतमा सिँचाइ सुविधा रहेको पनि विभागले जनाएको छ ।

कर्णाली प्रदेश ९९ प्रतिशत रोपाइँ

कर्णाली ९९.०३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ३८३८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा हालसम्म ३८०१२.२ हजार हेक्टरमा धान रोपाई सकिएको छ । अघिल्लो वर्षको तुलनामा वर्षाका कारण यस वर्ष धेरै रोपाई भएको छ । यस वर्ष पानी समयमा परेका कारण रोपाई राम्रो भएको विभागले जनाएको छ । गएको वर्ष ८६.८ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो । जसमध्ये कर्णाली प्रदेशमा सतप्रतिशत रोपाइँ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रोपाइँ

सुदूरपश्चिम प्रदेशमा हालसम्म ९०.७१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । १६४६३९ हेक्टर क्षेत्रफल मध्ये हालसम्म १४९३४६.०१ हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको कृषि विभागले जनाएको छ ।
गएको वर्षको हाराहारीमै धान रोपाइँको काम भइरहेको छ । गएको वर्ष यस समयमा ९१.८६ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो ।

सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई तीव्रता दिएका हुन् । विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आए पनि यस वर्ष मौसमले किसानलाई साथ दिएको छ । असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म किसानले रोपाइँ सक्ने विभागले जनाएको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा अधिक जग्गामा धान खेती हुने गरेको छ ।

यसरी हेर्दा कर्णाली प्रदेशमा सतप्रतिशत रोपाइँ भएको छ । उक्त प्रदेशमा ९९.०३ प्रतिश, सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशत, लुम्बिनी प्रदेशमा ८७ प्रतिशत, बागमति प्रदेशमा ७८ प्रतिशत, गण्डकी प्रदेशमा ७२ प्रतिशत, प्रदेश नम्बर २ मा ६८ प्रतिशत, र प्रदेश १ मा ६४ प्रतिशत रोपाइँ सकिएको हो । सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको कृषि विभागको दाबी छ ।