काभ्रेमा नाइट्रोजन अभाव हुँदा कृतिम गर्भाधानको काम प्रभावित बनेको छ । पशु प्रजननका लागि उन्नत जातको पशुको वीर्य (सिमेन) को आवश्यक हुन्छ । तर निषेधाज्ञा सुरु भएदेखि नाइट्रोजन अभाव हुदाँकृतिम गर्भाधानको काम रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

सिमेन स्टोर गर्नको लागी नाइट्रोजन चाहिन्छ । त्यो नाइट्रोजन अक्सिजन उत्पादन गर्ने उद्योगबाट उत्पादन हुन्छ त्यहीबाट नाइट्रोजन उत्पादन हुन्छ । कोरोनाको महामारीका कारण अक्सिजन सप्तालई गर्ने र नाइट्रोजन त्यहीबाट सप्लाई हुने भएको र उनीहरू अक्सिजन ग्यास मात्रै उत्पादन गर्ने भएको हुनाले नाइट्रोजन सप्लाई हुन नसक्दा सिमेन स्टोर गर्न सकिएन । र त्यो जिल्लाको विभिन्न ठाउँमा पुर्‍याउन नसक्दा कृतिम गर्भाधानको काम रोकिएको विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगल प्रसाद साहले बताए ।

ad
अक्सिजन अभाव भइरहेको बेला नाइट्रोजन उत्पादन नभएकोले प्रजनन कार्यालयले सिमेन दिन तयार रहे पनि नाइट्रोजन बिना काम नहुने भएपछि किसानहरू मर्कामा परेका छन् । नाइट्रोजन उत्पादनलाई प्राथमिकता नदिँदा कृतिम गर्भाधानको काम प्रभावित बनेको उनले बताए । डा. साहका अनुसार यसरी कृतिम गर्भधारण नहुँदा पशुहरू थारो बस्ने सम्भावना बढेको छ ।

थारो बसेसँगै दूध उत्पादन हुँदैन र किसानको धेरै नोक्सानी हुने गरेको छ । जसले गर्दा किसान चिन्तित बनेका छन् । पशुहरूले २१ र२१ दिनमा राँगा खोज्ने गर्छ । यदि २र३ पटकमा गर्भाधान गर्न सकिएन भने त्यो पशुमा बाझोपन हुने सम्भावना हुन्छ । धेरै किसानहरूले केन्द्रमा सेवा नपाएकोमा गुनासो गरिरहेको उनले बताए ।

तर गुनासो आए पनि नाइट्रोजन अभाव हुँदा आफूहरू केही गर्न नसकेको उनी बताउँछन् । दूध उत्पादन बढाउन केन्द्रले कृतिम गर्भधारणलाई विशेष महत्व दिएको उनले बताए । यसरी पछिल्लो समय उक्त जिल्लामा पशुहरूमा कृतिम गर्भधारण गर्ने किसानहरू पनि बढिरहेको उनले बताए ।

निषेधाज्ञा हुनु भन्दा पहिला काभ्रे जिल्लाबाट मात्र दैनिक ३ लाख लिटर दूध उपत्यकामा आपूर्ति हुँदै आएको छ । विज्ञ केन्दैले काभ्रे जिल्लामा प्रत्येक लगभग २१/२२ हजार पशुहरूमा कृतिम गर्भधारण गर्दै आएको छ । काभ्रेमा मात्र नभई निषेधाज्ञाका कारण अरू धेरै जिललाहरुमा किसानहरूले पशुहरूमा आवश्यक पर्ने कृतिम गर्भाधानका लागि पशु वीर्य लगाउन पाएका छैनन् ।