Latest From our Blog

भोकमरी हटाउने, बिउबिजन भण्डारण गर्ने PICS Bag!!

परिचय::
Purdue University को Purdue Research Foundation बाट प्रमाणित Purdue Improved Crop Storage (PICS) Bag, साना तथा ठूला सबै किसिमका किसान दाजुभाइहरु, व्यापारीहरु र दैनिक प्रयोजनका लागी, बीउ तथा खाद्यान्न, बिना बिषादी, सुरक्षित भण्डारण गर्न धेरै उपयुक्त सरल प्रविधि हो । PICS bag मा सरल तरिकाबाट नै बीउ तथा खाद्यान्नलाई धुन पुतली तथा अन्य किराहरुबाट जोगाइ सफा बिषादी रहित भण्डारण गर्न धेरै उपयुक्त  हो । यो प्रविधि विश्वका १० वटा देशका लाखौ किसान तथा अन्य उपभोक्ताहरुले प्रयोग गरिराखेका छन् ।

PICS bag ले कसरी काम गर्छ??

 जुनै पनि जीवित बस्तुलाई श्वासप्रश्वासको लागी Oxygen चाहिन्छ । PICS bag मा बीउ तथा खाद्यलाई Airtight गरि बाँड्ने वितिकै यदि किरा लागेको वीउ तथा खाद्य भण्डारण गर्ने हो भने अक्सिजन को मात्रा कमी भई त्यसमा भएका किरा मर्न थाल्छन् । यदि संक्रमिक होइन भने कुनै प्रकारको किरा नै लाग्न दिंदैन ।

PICS Bag मा कसरी भण्डारण गर्ने??

  • यस PICS Bag मा भण्डारण गर्नु अघि बीउ तथा खाद्यान्न राम्रोसँग सुकेको छ छैन सुनिश्चित गर्नुहोला ।
  • सुकेको बीउ तथा खाद्यान्नलाई  PICS Bag मा राख्नुहोस् । यसरी खाद्यान्न भर्दा ब्याग ब्यागको बीचमा खाद्यान्न नपठाउनु होला ।
  • PICS Bag मा बीउ तथा खाद्यान्न भरिसकेपछि माथीको केही ठाउँ खाली राखी Airtight गरि बान्नुहोला ।
  • चित्रमा देखाएजस्तै Liner लाई राम्रोसँग बान्नुहोला ।
  • एक पछि अर्को गरि तीनवटै प्लाष्टिक PICS Bag  लाई राम्रोसँग चित्रमा देखाएजस्तै बान्नुहोला ।
  • PICS Bag  पहिलो प्रयोगपछि राम्रोसँग राखेर आवश्यकता अनुसार फेरि फेरि प्रयोग गरि खाद्य तथा बीउ सुरक्षित गर्न सकिन्छ ।


    PICS Bag मा भण्डारणका फाइदाहरु::
  • धुन पुतली ढुसीबाट हुने बीउ तथा खाद्यान्न खेर जानबाट बचाउछ ।
  • भण्डारणको लागी कुनै किसिमको रासायनिक विषादी प्रयोग गर्न नपर्ने ।
  • साना ठूला सबै उपभोक्ता दाजुभाईहरुलाई उपयुक्त र सजिलै प्रयोग गर्न सकिने ।
  • प्रागांरिक खेती प्रविधिलाई टेवा ।
  • PICS Bag पटक पटक प्रयोग गरि बीउ तथा खाद्यान्नलाई खेर जान बाट जोगाउन सक्ने
  • लामो समयसम्म भण्डारण गरेपनि बीउको गुणस्तर तथा बीउको उमारशक्ति कायम रहने ।
  • बीउ ताथ खाद्य बस्तुको रंग स्वाद तथा गुणस्तरमा कमी  नहुने ।
  • ढुवानीमा सजिलो ।

Distributed by

NAF Seeds Pvt. Ltd.
Natole-21, Lalitpur, Submetropolitan
Ph: 01-5538748 Fax: 5534428
www.nafseed.com / nafseeds@gmail.com